आज गुरु पूर्णिमा, वेद व्यास जयन्ती

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज गुरु पूर्णिमा । गुरु प्रति सम्मान श्रद्धा र भक्ति जनाउने दिन । वैदिक कालदेखि वेद व्यासको जन्म जयन्तीका अवसरमा व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा मनाइँदै आएको छ । वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेख्नु भएको थियो ।

आज गायत्री तथा वेद मन्त्र सुनाएर शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । त्यसैले संस्कृतिमा गुरु मन्त्र नै छ कि:

गुरु ब्रह्मा गुरु विष्णु

गुरु देवो महेश्वर:

गुरु साक्षात् परब्रह्म

तस्मै श्री गुरुवे नमः

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *