ललिता निवास प्रकरण गणतन्त्रले नेपाली जनतालाई दिएको एउटा उपहार हो :निरन्जन थापा

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
निरन्जन थापा, केन्द्रीय सदस्य,राष्ट्रिय प्रजातन्त्र पार्टी

निरन्जन थापा नेपाली राजनितिमा चिनाइरहनु पर्ने नाम होइन । ललितपुर जिल्लालाई राजनितिक कर्म थलो बनाइ रहनु भएका थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हुनु हुन्छ । उहाँ २०७८ सालमा भएको राप्रपाको ऐतिहासिक महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुुनु भएको हो । राजनितिक यात्राका व्रmममा उहाँ २०६६ सालमा राप्रपा नेपालको सैबु गाउँ इकाइको अध्यक्ष , २०६७ सालमा राप्रपा नेपालको मातृ संगठन राष्ट्रिय युवा मोर्चा ललितपुर जिल्ला अध्यक्ष , २०६७ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्य , २०६७ सालमा राप्रपा नेपालको ललितपुर जिल्ला सचिव , २०६९ सालमा राप्रपा नेपालको ललितपुर जिल्ला उपाध्यक्ष हुनु भयो । यसै गरी थापा २०७१ सालमा राप्रपा नेपालको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भयो । उहाँ २०७३ सालमा राप्रपाको ऐतिहासिक महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भयो भने २०७४ सालको संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नं ३ बाट खस आर्य कोटाबाट समानुपातिक उमेदवार हुनु भयो । त्यसै गरी राप्रपाका युवा नेता थापा २०७७ सालमा राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुनु भयो । राजनितिक आरोह –अवरोहका व्रmममा थापा गत निर्वाचनमा ललितपुर क्षेत्र नं ३ मा राप्रपाका तर्फबाट संघीय संसदमा उम्मेदवार हुनु भयो । राप्रपाभित्र मात्र होइन उहाँ पार्टी बाहिर पनि लोकप्रिय हुनुहुन्छ । स्पष्ट वक्ता, मिलनसार समाजसेवी राप्रपाका केन्द्रीय सदस्य निरन्जन थापासंग मुलुकको समसामयिक विषयमा गरिएको कुराकानी ः
मुलुकको वर्तमान घटनाव्रmमलाई कसरी लिनु भएको छ ?
यतिबेला मुलुक विकराल अवस्थामा छ । दिनदिनै जसो विभिन्न काण्डहरु उजागार हँुदै छन् । देशका मसिया भनिएका नेता र तिनका कार्यकर्ताहरु भष्टाचार , वेतिथि , विसंगतितिर उमुख हुँदै छन् । यि घटनाव्रmमहरुले मुलुकलाई गम्भीर दुर्घटनातिर लैजाने संकेत देखिदैछ । यस कारण अब यो व्यवस्थाले देश र जनताको हित हुन सक्दैन । यि घटनाव्रmमहरुले पनि यस्तै देखाइ रहेको छन् ।
ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी हेर्नु भएको छ ?
ललिता निवास प्रकरण मलाई लाग्छ यो गणतन्त्रले नेपाली जनतालाई दिएको एउटा उपहार हो । देशलाई सिंगापुर , स्वीजरल्याण्ड बनाउछु भन्ने दल र तिनका नेताहरुले आज हाम्रो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर देशकै अन्तराष्ट्रिय रुपमा वेइजत गरिरहेको छन् । भूुमिहिनलाई जग्गा दिलाउछु भन्ने गणतन्त्रका ठेकेदारहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि ललिता निवास जस्ता काण्डहरु घटाइरहेका छन् । देशका निवर्तमान प्रधानमन्त्री , गृहमन्त्री जस्ता जनताले विश्वास गरेका पात्रहरु नै यस्ता काण्डका योजनाका देखिन आएको हुँदा जनता र देशले निकास पाउने भन्दा पनि राजनितिक दल र तीनका नेताहरुको स्वार्थ पूर्तिका निम्ति यो व्यवस्था आएका पुष्टी हुन्छ । तसर्थ ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणलाई अब जनताले गम्भीरता पूर्वक लिनु पर्छ । र हामी सबै जागृत भएर यो व्यवस्था बिरुद्ध आन्दोलन गर्नुको विकल्प देखिदैन ।

भरखरै भएको एक सय किलो सुन काण्डलाई कसरी नियाल्नु भएको छ ?
अनेकौ काण्डहरुको बीच अहिले सुन काण्डमा पनि विभिन्न दलका नेताहरुको नाम मुछिएका छन् । कुनै सामान्य व्यक्तिले गर्न सक्ने सुन काण्ड होइन । सामान्य व्यक्तिले अवौको सुन ल्याउनै सक्दैनन् । तसर्थ यो सुन काण्डमा पनि राजनिति दलकै नेता प्रमुख जिम्मेवार देखिएको छन् । यो सुन काण्ड पनि गम्भीर रुपमा छानविन गर्नु पर्छ । पहिला जस्तै सुनकाण्डलाई अहिले पनि सामसुम पार्नु हुन्न । हालै प्रधानमन्त्रीले पनि विभिन्न मिडियामार्फत छानविन गर्नु प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गृहमन्त्रीले पनि प्रतिबद्धता जनाउनु भएको छ । आफ्नै पार्टीका नेता कार्यकर्ता भए पनि उहाँहरुले कारवाही देखाउन सक्नु पर्छ ।

राप्रपा अब कसरी अघि बढ्छ ?
राप्रपा यतिवेला नविन राप्रपा अभियान लिएर अघि बढिरहेको छ । जस अनुुसार हामीले नयाँ युवा पुस्तालाई पार्टीमा जोड्ने , भित्राउने , ३३ प्रतिशत महिलालाई पार्टीका तल्ला निकाय देखिनै सव्रिmय बनाउने , संगठन गठन, पुनगठन गर्ने , साथै हाम्रा एजेण्डाहरु सनातन हिन्दु राज्य , राजसंस्था , भ्रष्टाचार विरोधी कार्यव्रmमहरु लिएर जनतामा जाने र जनतालाई जागृत गर्दै यो व्यवस्था विरोधी आन्दोलन गर्ने मार्गमा अघि बढिरहेको छ राप्रपा । राप्रपाको एजेण्डाका महत्व , यसको भुमिकाहरु वडा तहका कार्यकर्ता , जिल्ला क्षेत्र , नगरका नेतृत्वहरुलाई प्रतिक्षित गर्दै आम जनतामा स्थापित हुने मार्गमा राप्रपा अघि बढिरहेको छ ,। प्रमुख दलका विगतका मार्ग चित्र गलत छ , यही अवस्थामा , यहि व्यवस्थामा रहिरहने हो भने देशको उन्नती , प्रगती हुने भन्दा पनि देश गम्भीर दुर्घटनातिर लम्किने छ । नेपालमा विभिन्न राजनितिक दलहरु छन् । कसैले माओ मान्छन् , कसैले स्टालिन मान्छन , कसैले गान्धी , मण्डेला मान्छन् तर राप्रपा मात्र यस्तो राष्ट्रवादी पार्टी हो , जसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आफ्नो आर्दश मानेर देश र जनताको हित गर्नु पर्छ लागिरहेको छ । राप्रपाले जनतालाई यहि र उस्ता कुरा बुझाउन ‘नविन राप्रपा ’ अभियान संचालन गरिरहेको हो ।

यति वेला पूर्व राजा ज्ञानेन्द्रको सव्रिmयता भएको देखिदैछ नि ?
यसो त विश्वमा धेरै देशहरुमा अहिले पनि राजसंस्था छ । तीन देशहरुमा अहिले पनि राजसंस्था छ । तीन देशहरुले उन्नती प्रगती पनि गरिरहेका छन् । वेलायतमा महारानीको स्वर्गवास हुँदा हाम्रो देशका नेताहरु लाइन् लागेर संवेदना व्यक्त गर्न जान्छन् तर आफ्नै देशमा रहेको राजसंस्थालाई अन्त्य ग¥यौ भनेर गर्व गर्छन् । विश्वमा रहेका राजसंस्था मान्नेहरुलाई पनि हामीले गिज्याइ रहेका छौ । आयातीत तन्त्र र बाडको नाममा राजसंस्थालाई पाखा लगाएर, विदेशी प्रायोजनमा नेपालका गणतान्त्रिक नेताहरु रमाइरहेका छन् । जनतालाई धोका दिएर, भ्रमको खेती गरेर आज आफै राजा बनेर आम जनतामाथि शासन गरिरहेका छन् । अहिले हाम्रो देशमा राजसंस्थाको महत्व पनि आम जनताले महसुस गरिरहेका छन् । वास्तवमा नेपालको राजसंस्था विकास बाधक होइन रहेछ र जनताको सुख दुःखको साथी रहेछ भन्ने कुरा जनताले बोध गरेकै कारण राजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाइरहनु भएको छ । राजसंस्था भनेको राष्ट्रिय एकताको प्रतिक हो । पूर्व मेचिदेखि पश्चिम महाकालीका जनतालाई महसुस भएको कुराको दायित्व बोध गरी उहाँ सक्रिय भएर जनतामाझ जानु भएको हो । कतिपय दल र तीनका नेता कार्यकर्ताले राजा सक्रिय भएकोमा खुसी व्यक्त गरिरहेका छन् ।

तर केही दलका नेताले त राजा सक्रिय भएकोमा असन्तुष्टी व्यक्त गरिरहेका छन् नि त ?
राजा सक्रिय हुने बित्तिकै विदेशी आयतित तन्त्र र वाद मान्ने र विदेशी प्रायोजित मान्छेहरु रिसाउनु स्वभाविकै हो । हिजो २०६२÷६३ मा जुन प्रतिबद्धता गरेर आन्दोलन गरिएको थियो, सो अनुरुप राजनीतिक दलहरुले प्रतिबद्धता पूरा नगरेपछि केवल राजसंस्थालाई आरोप–प्रत्यारोप गरेर सत्ताको फोहोरी खेलमा लागेपछि स्वयं स्वस्फुर्त आम जनताले राजाको सक्रियता चाहेका हुन् । राजाका यस्ता गतिविधिबाट जनतासँग प्रत्यक्ष भेटघाटबाट भोलि यो व्यवस्था ढल्न सक्ने, आफ्ना दलको नेताहरुको स्वार्थपूर्ति नहुने भएकाले त्यस्ता राजनीतिक दल र नेताहरुले असन्तुष्टी जनाएका हुन् । राजा नागरिक भएर आफ्नो देश घुम्न पाउनु र जनतासँग प्रत्यक्ष संलग्न भएर हिँड्नु उहाँको पनि संवैधानिक अधिकार हो । यो अधिकारलाई कुनै व्यवस्था, राजनीतिक दल वा नेताहरुले अंकुश लगाउनु भोलि उहाँहरुकै लागि दुर्भाग्य हुनेछ ।

देशव्यापी रुपमा फैलिरहेको महँगीबारे तपाई के भन्नु हुन्छ ?
महँगी, कालोबजारी, भ्रष्टाचार, तस्करी यि कुराहरु विगतमा भन्दा अहिले हाम्रो देशमा मौलाउदै गएको छ । देशमा विधिको शासन स्थापना गर्न, कालो बजार, महँगी नियन्त्रण गर्न, सरकार, राजनैतिक पार्टी र तीनका नेता कार्यकर्ताहरुले यो विषयलाई महत्व दिएको पाइदैन । आम जनताले दैनिक जिवनयापन गर्न निकै कष्ट भोग्नु परिरहेको छ । जनताको हक अधिकारका लागि लड्ने भन्दा पनि अनेकौ काण्ड बाहिरिदा दलहरु मिलेर आफ्ना मान्छेलाई कसरी बचाउने भन्ने बैठक बस्छन् तर महँगी, कालोबजारी र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने, आम जनतालाई कसरी सहज र सुलभ दैनिक जिवनयापन गर्न सजिलो बनाउने भन्ने उहाँहरु कल्पना समेत गर्नु हुन्न । नेपालको तरकारी, फलफुल, खाद्यन्न र अन्य औद्योगिक सामग्री उत्पादन गरेर सर्वसुलभ ढङ्गबाट जनतामा लाने भन्दा पनि कमिशन खाएर विचौलिया मार्फत देशमा आयातित सामाग्रीहरु ल्याउने कारणले गर्दा पनि महँगी नियन्त्रण नभएको देखिन्छ ।

अन्त्यमा देशवासीलाई सन्देश दिनुहोस् न ?
हाल देशमा विद्यमान समस्याहरु बेरोजगारी, महँगी, भ्रष्टाचार, बेतिथि, विसङ्गतिको अन्त्य यो व्यवस्थाबाट हुने देखिँदैन । जनताले आशा गरेका कुराहरु मौलिक हक अधिकार, स्वास्थ्य शिक्षा जस्ता कुराहरु पनि केवल नारामा मात्र सिमित देखियो । केही वैकल्पिक शक्तिहरु भन्नेहरु पनि देखियो तर वास्तवमा उहाँहरु पनि देशको यहि अवस्थामा रहेह जनता र देशको अवस्था बदल्न नसक्ने छाटकाट देखिएन । यसर्थ यदि साच्चै नेपालको अवस्था बदल्ने हो भने, देश र जनताको उन्नति गर्ने हो भने, हामी सबैले माटो सुहाउँदो लोकतान्त्रिक विधि, पद्धतिहरु अँगाल्नु पर्छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई आदर्श मानेर सनातन हिन्दु राज्यलाई पुनस्थापना गर्दै राजसंस्थाको पनि पुनस्थापना गर्दै हाम्रो पूर्खाको विरता र भावी सन्ततीको भविस्यलाई हामीले सुनिश्चित गर्नुपर्छ । नेपालको शक्तिको स्रोत भनेको नै आम जनता हुन् । यहि आम जनतालाई जागृत गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपाले आफ्नो एजेण्डा जनतामा स्थापित गर्नुपर्छ र सम्पूर्ण सनातनि हिन्दु धर्मावलम्बी, राष्ट्रवादी, शुभचिन्तक साथी भाईहरुलाई राप्रपामा एकजुट भएर अघि बढ्न हार्दिक अपिल गर्दछु । जय देश ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *