काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘मुखले ठिक्क बनाउने’ गीत तथा भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । भद्र नकलको शब्द तथा संगीतमा तयार रहेको यस गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा आधारित गीतको भिडियोमा अञ्जली र टम्पशेरको रोमान्स देख्न सकिन्छ । तारावीर पाण्डेको निर्देशन गरेको यस भिडियोको छायाँकन मुकेश हुमागाईँ रसम्पादन विकाश धमलाको रहेको छ । सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिको र मेलिनासँगको यो पहिलो युगल गीत हो ।गायक चुडामणि हाल रोजगारीका क्रममा मलेसियामा छन् । चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’जस्ता चर्चित गीत ल्याइसकेका छन् ।
Facebook Comments Box