चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन् ।
अनुग्रह फ़ाउंडेशनका संस्थापक अध्यक्ष तथा फिल्म ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडितलाई ५५ परिवार लाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन् ।

समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गा बि स ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् ।

राईले यस अघि विभिन्न ठाउँमा समाज सेवा मार्फत शिक्षा र सिनियर सिटीज़नका लागी अनुग्रह फ़ाउंडेशन मार्फत सहयोग गर्दै आई रहेका छन् । साथै, उनले सम्पूर्ण अनुग्रह फ़ाउंडेशन टिम र टिम सँग जोडिएका सबै लाई धन्यवाद दिएका छन् ।  गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *