सर्लाहीको बरहथवामा कर्फ्यू

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

जनकपुरधाम – सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी गरिएको छ। शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले साढे १४ घण्टाको लागि कर्फ्यू आदेश जारी गरेका हुन्।

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रजिअ धमलाले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख गरिएको छ।

प्रजिअ धमलाले बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यू लगाएका हुन्।

सो क्षेत्रमा आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

कर्फ्यू आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानूनबमोजिम कारबाहीसमेत गर्नसक्ने जनाइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *