जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- जापानमा भवन सरसरफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि डिसेम्बर ८ तारिकभित्र हुने भएको छ ।

जापानको (एसएसडब्लू) प्रणालीमार्फत जापान जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको जापानका टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाका बारेमा जानकारी गराएको हो । जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए ।

छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीका बारेमा कुराकानी भएको उनले बताए । उनले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिए । भवन सरसरफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौँस्थित पिएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *