गैंडाकोटका पाँच सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिले प्रहरी कार्यालय सिल

खवर पाटी (खोज खबरको अभियान)

साउन, गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को गैंडाकोट नगरपालिकामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमा ५ सुरक्षाकर्मि भएसँगै समुदायमा फैलिएको बुझिएको छ । यसले गर्दा थप त्रास सृजना भएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका पाँच सुरक्षाकर्मिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिले प्रहरी कार्यालय सिल गरिएको छ । गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले मेरो नवलपरासीलाई दिएको जानकारी अनुसार अहिले प्रहरी कार्यालय पुर्णरुपमा सिल गरीएको छ । सुरक्षाकर्मिमा कोरोना कसरी सर्यो र उनीहरुको ट्राभल हिस्ट्री पनि नभएकाले थप त्राससँग चुनौती थपिएको छ ।

Facebook Comments Box