कारीब ४ महिना पछी गुल्मीका मुस्लिम समुदाएले पढे जुम्माको सामुहिक नमाज

खवर पाटी (खोज खबरको अभियान)

गुल्मी, साउन,   गुल्मीको तम्घासमा रहेको मदर्सा अहिले सुन्नत प्रा बि मा रहेको ईबाद्दगाहमा लक डाउनपछी पहिलो पटक मुस्लिम समुदायले सामुहिक रुपमा जुम्माको नमाज अदा गरेका छन ।

कोभिड १९ को असर र यसबाट बच्न सरकारले ७६ चैत्र ११ बाट लकडाउन गरेको थियो लक डाउन भए देखी सामुहिक जुम्मा हुन सकेको थिएन । कोभिड १९ को महामारीलाई उच्च सुरक्षालाई मध्य नजर गर्दै नमाजमा सहभागी सम्पूर्णलाई ईबाद्द्गाहमा साबुन पानी र सेनिटाइजरको बेवस्था गरिएको थियो र प्रत्येक ब्यक्तिलाई मास्क अनिबार्य गरिएको थियो ।

करीब ११० दिनपछी पहिलो पटक सामुहिक जुम्माको नमाज अदा गर्न पाउदा आफुलाई खुशी लागेको तम्घासका ७० बर्सिय हाजी सकुर मियाले बताउनुभयो, जुम्माको नमाज सामाजिक दुरी कायम गरी (अदा)  पढिएको थियो ।

Facebook Comments Box