नासाले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल भएको दावी

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सी नासाले सूर्यको सबैभन्दा नजिक गएर तस्विर निकाल्न सफल भएको दावी गरेको छ । नासाले पृथ्वी र सूर्यको बीच भागमा आफ्नो सोलार आर्बीटर पुग्न सफल भएको भन्दै सूर्यको तस्विरहरु सार्वजनिक गरेको छ ।

गरेको छ ।

नासाले युरोपियन स्पेस एजेन्सीसँगको सहकार्यमा सोलार आर्बीटरलाई सूर्यको नजिक पठाएको थियो । उक्त आर्बीटरले पृथ्वी र सूर्यको बीच भागमा पुगेर विभिन्न कोणबाट तस्विरहरु पठाएको नासाले दावी गरेको छ ।

नासाले सार्वजनिक गरेको सूर्यको तस्विरमा जहाँकहीँ आगो बलिरहेको देखिएको छ । तस्विरहरुमा साना-साना आगोका गोलाहरु अनगिन्ती देखिएका छन् । उक्त तस्विरहरु सूर्यभन्दा ७ दशमलव ७० करोड किलोमिटर टाढाबाट लिइएको नासाले उल्लेख गरेको छ ।

 

Facebook Comments Box