ओलिलाइ बचाउन भारत खुलेरै लाग्यो । नेपाल खनाल समुह ।

खवर पाटी (खोज खबरको अभियान)

नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्माको नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष निकालेको छ।

मंगलबार नेपाल पक्षका स्थायी कमिटीका सदस्यको भर्चुअल छलफलमा भारत खुल्लमखुल्ला ओलीको निरन्तरताका लागि लागिपरेकाले नयाँ गठनमा कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको छ ।

‘ओलीलाई जोगाउन र निरन्तरता दिन भारत खुला रुपमा आएको कारण परिस्थिति जटिल बनेको हो भन्ने निष्कर्ष आजको छलफलको रह्यो,’ नेता बेदुराम भुसालले भने, ‘यसैले नयाँ सरकार बनाउन अफ्ठ्यारो भयो।’

भुसालले भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीको पछिल्लो अभिव्यक्ति त्यसैको एउटा उदाहरण भएको बताए।

यद्यपि नयाँ सरकार गठनमा आफूहरुको भूमिका नहुने भुसालको भनाइ छ।

‘अहिले राष्ट्रपतिबाट भएको आह्वानले दलहरुको बहुमत खोजेको छ। त्यसमा हाम्रो भूमिका हुँदैन,’ भुसालले भने, ‘अहिले जसपा, माओवादी र कांग्रेसको भूमिका देखिनुपर्छ।’

Facebook Comments Box