केपि ओलि प्रो ईण्डेन हुन । पुर्ब प्रधानमन्त्री प्रेस सल्लाहकार मनहरि तिमिल्सिना ।

खवर पाटी (खोज खबरको अभियान)

नेपाली राजनीतिमा केपी ओली भारतद्वारा पालितपोषित प्रो-इण्डियन नेता हुन्। ओलीलाई राजनीतिमा हुर्काउने/बढाउने दिल्ली नै हो। २०५२ को महाकाली सन्धिताका सन्धिका हर्ताकर्ता ओली नै थिए। राजाको असोज १८ को कदमपछि राजा-संसदवादी मिलाउन दिल्ली र दूतावास धाउने ओली नै थिए। भनिन्छ, त्यतिखेर ओली हप्तामा एक दिन ट्याक्सी चढेर दूतावास धाउँथे। २०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा भारतीय पुजारी हटाएको विरोध गर्ने ओली नै थिए, उनले राकेश सुदसँग मिलेर पशुपति परिसरमा विरोध सभा नै गरेका थिए। पहिलो संविधान सभा ढलाउन दिल्लीको इसारामा ओली रातदिन खटेका थिए। संविधान निर्माणपछि भारतले नाकाबन्दी लगायो, त्यसको कारण ओलीको विरोध नभएर संविधान समाप्त पार्ने प्रयास थियो। त्यतिबेला ओली भवितव्य राष्ट्रवादी हुन पुगे। तर, नाकाबन्दी हटेपछि मोदीलाई नागरिक अभिनन्दन गराएर मोक्ष प्राप्ति गरेका थिए। २०७४ को चुनावपछि वाम एकता रोक्न उनले सुष्मा स्वराजलाई आमन्त्रण गरेका थिए। २०७६ मा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरूको दवावमा उनी चुच्चे नक्शामा सहमत भएका थिए। तर, कार्तिकमा गोयलसँग खुसामत गरेपछि उनले चुच्चो हटाए, पुस ५ मा संविधान च्यात्दै संसद भंग गरे। आफ्नो सरकार टिकाउन हप्ता दिनअघि रअका नेपाल प्रमुख काठमाडौं बोलाएका छन्। आज भाजपाका एक नेताले आफूहरू ओली बचाउन लाग्ने बताएका छन्। यी सारा तथ्यहरूको निष्कर्षले भन्छ – जसरी अमेरिकाले गोर्भाचोव जन्माएर सोभियत संघ ढाल्यो, त्यसरी नै भारतले ओलीको काँधमा बन्दुक राखेर संविधान र संघीय गणतन्त्रमाथि निशाना लगाउँदैछ।

Facebook Comments Box