अक्सिजन शक्तिको आडमा दुरुपयोग नहोस । पुर्ब मन्त्री दुलाल

खवर पाटी (खोज खबरको अभियान)

 नेकपा माओबादि केन्द्रका युवा नेता एवम पुर्ब बागमति प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले आम नागरिक हरुलाइ अक्सिजन दुरुपयोग नगरिदिन अपिल गरेका छन । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा अपिल गर्दै लेखेका छन :  सम्बन्धित सबैमा अनुरोध :
१. सरकारले अक्सिजन सिलिन्डरको देशमा भएको कुल संख्या कति हो, सिसिएमसि मार्फत जम्मा गरी कहाँकहाँ
कति वितरण गरियो ?? नियमित सार्वजनिक गरौं (दुरुपयोग नियन्त्रण गर्न)
२.कसैले पनि पद, पहुँचको दुरुपयोग गरी बिरामी नभई घरमा अक्सिजन थुपारेर नराखौं (अहिले त्यसो भएको कुरा आइरहेकोले)
३. तपाइको घरमा अक्सिजन सिलिन्डर स्टक बसिरहेको छ, उता अस्पतालमा बिरामी अक्सिजन नपाएर घिटिघिटी परिरहेका छन् (यथार्थता) । अत: मानवीयता प्रदर्शन गरौं । सबै मिलौं । आपतमा परेकोलाई पहिलो सहयोग गरौं । धन्यवाद ।

Facebook Comments Box