काग्रेसको निर्णय माओबादि र जसपा संग मिलेर सरकार बनाउने ।

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ । त्यसको लागि माओवादी केन्द्रले समर्थन गरिसकेको र जसपाले पनि अन्तिममा सहयोग गर्ने कांग्रेस नेताहरुले विश्वास लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्मको धारा ७६ को २ अनुसार सरकार गठनको लागि दलहरुलाई आह्वान गरेको भोलिपल्टै कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे निर्णय लिएको हो । सभापति देउवाको नेतृत्वमा सरकार बनाउनको लागि तोकिएको समयसिमाभित्र बहुमत पुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जनाए । उनले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि समयमै एउटा निकास दिने विश्वास पार्टीले लिएको जानकारी दिए । File Photo/ReportersNepal

Facebook Comments Box