नुवाकोट कांग्रेस संगठन विभागद्वारा सामाग्री हस्तान्तरण

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले बेलकोट नगरपालिका वडा नं १० मा रहेको जीवनमार्ग मण्डलीलाई विभिन्न भौतिक सामाग्री प्रदान गरेको छ । शनिवार एक कार्यक्रमका बीच नुवाकोट कांग्रेस सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले मण्डलीका संचालक रमेश तामाङलाई कुर्सी तथा साउण्ड सिस्टम हस्तान्तरण गर्नुभयो । सोही अवसरमा मन्तव्य दिंदै श्रेष्ठले नेपाल बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक भएकाले सवै धर्म सम्प्रदायबीचको एकता अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पवित्रा पुडाशैनी, नुवाकोट क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश ढुंगाना, समाजसेवी सन्तोष भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *