काठमाडौं ९ का उम्मेदवार मिलन पाण्डेले सार्वजनिक गरे प्रतिबद्धता पत्र

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवारसमेत रहेका विवेकशील अभियन्ता मिलन पाण्डेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप उन्नत बनाउँदै नागरिकले शिक्षा, स्वास्थ्यका बारेमा चिन्ता नगरी आफ्नो योग्यता र क्षमता अनुरूपको जागिर पाउने अवस्था निर्माणका लागि आफूले नेतृत्व गर्ने प्रतिबद्धतासमेत उनको छ।

मंसिर ४ मा हुने चुनावका लागि पाण्डे प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ९ मा उम्मेदवार छन्। उनले आफ्ना प्रमुख ७ प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्। उन्नत संविधाननै समाधान, खुल्ला सिंहदरबार–खुल्ला संसद, शिक्षा–स्वास्थ्यमा सुधारनै संवृद्धिको आधार, संस्कृति सम्पदानै सम्पत्ति, अब नोट संगै  भोट पनि चल्ने, भ्रस्टाचारको भण्डाफोर, महिला पुरुष बराबर भन्दै उनले प्रतिबद्धता पत्रमा विस्तृतमा उल्लेख गरेका छन्।

शनिबार काठमाडौंमा प्रतिबद्धा सार्वजनिक गर्दै पाण्डेले अहिले मतदाताहरूले परिवर्तन चाहेको बताएका थिए। वर्षौंदेखि एकै उम्मेदवार (अनुहार) लाई जिताउने पक्षमा जनता नरहेको दाबी पनि उनको थियो। काठमाडौं ९ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छिन् भने नेकपा एमालेका तर्फबाट कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन्। कृष्णगोपालले २०७४ मा यो क्षेत्रबाट चुनाव जितेका थिए। पाण्डेले आफूलाई मत दिनुपर्नाका ५ कारण पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।

आफू इन्जिनियर भएको, ३३ वर्षे युवा भएको, आफूले जित्दा संसदमा नयाँपन आउने, लोकतन्त्र आधारभूत राजनीतिक आस्था मानेकोले यो क्षेत्रमा उत्कृष्ट विकल्प भएको र निजी विद्यालयमा लिने चर्को शुल्कलाई नियमन गराउन एक्लै भए पनि संसदबाट नेतृत्व गर्ने भएकोले सत्ता र प्रतिपक्षी एमालेका उम्मेदवारभन्दा आफूलाई मतदाताले मत दिनुपर्ने पाण्डेले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *