राज्यको शासकीय स्वरुप परिमार्जित गर्न नेकां नेताहरुको सुझाव

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस नुवाकोटले आइतबार विचार विमर्श कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस संगठन विभागले आयोजना गरेको ‘नेपाली काग्रेसको आगामी कार्यदिशा कस्तो हुनुपर्छ ?’ भन्ने विषयमा भर्चुअल माध्यमबाट जिल्ला तहका सकृय नेता तथा कार्यकर्ता हरुबीच सम्वाद गरिएको थियो ।
कार्यक्रममा सहभागि वक्ताहरुले नेपाली कांग्रेस भित्र देखिएको गुटउपगुटको राजनीतिलाई अन्त्य गरेर जनताप्रति उत्तरदायी भएर अबका दिनमा कामगर्नु पर्ने धारणा राखेका थिए । पार्टीमा गुटउपगुटको अन्त्य हुनुपर्ने, पार्टी संगठन र राज्यको कुनै पनि पदमा दुई कार्यकाल भन्दा बढी संलग्न हुन नपाउने, लामो समयसम्म योगदान, समर्पण, भिजन, क्षमता र जनाआधारको मापदण्ड हेरेर टिकटमा अवसर दिनुपर्ने कुरामा अधिकांश वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष पल्हाद पन्त, किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष तथा बागमती प्रदेश सदस्य छत्र लामा, मेघाङ गाउँपालिकाका पूर्व उपाध्यक्ष शान्ति लामा, महासमिति सदस्य द्वय रुक्मणि सेढाईं र गीता अमात्य, महाधिवेशन प्रतिनिधि द्वय भवानी देवकोटा र पवित्रा पुडासैनीले धारणा रखेका थिए । यस्तै नेविसंघका पूर्व सचिव सरोज केसी, वडा सभापति उमंग शाक्य, क्षेत्रीय प्रतिनिधि राजकुमार आचार्य र वडा सचिव चन्द्रलाल तामाङले धारणा रखेका थिए । कार्यक्रम नेपाली कांग्रेस नुवाकोट जिल्ला सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले सञ्चालन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *