अब नबने कहिल्यै एक बन्न सक्दैन कराते

Uncategorized खेलकुद
खवर पाटी (खोज खबरको अभियान)
गजेन्द्रबहादुर खपांङ्गी ‘ईश्वर’

केही वर्ष यता नेपाली खेलकुद क्षेत्रको नम्बर एक मानिने कराते खेलको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त भन्नेहरूको नेपाली खेलकुद बजारमा लामो होड चलीरह्यो भन्दा संम्भवतः फरक नपर्ला । करिब ४ वर्षअघि अर्थात २०७५ साल फागुन महिनामा बिवादको चुलीमा रहेको कराते खेल युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको विशेष पहल कदमीमा तत्कालिन राखेप सदस्य शम्भु आचार्यको अध्यक्षतामा तदर्थ समिति एकता सहितको गठन भयो । त्यो बेला गरिएको तदर्थ कमिटीमा सबै राष्ट्रिय र अन्तराष्ट्रियको एकता र समिकरण थियो । तर ३५ दिन भित्र निर्वाचन सम्पन्न गर्ने गरि दिईएको म्याण्डेट कार्यान्वयन गर्न नसक्दा करिव एकवर्ष बित्न नपाउँदै एकता भएको कराते पुनः पहिले कै बिवादमा फर्कियो । साथै नेपाली करातेकर्मीहरुले अपेक्षा गरे अनुरुप कराते बिवाद मुक्त हुन सकेन र आ—आफ्नै लयमा दुई बिधुतिय ध्रुव फर्किए झै फर्कियो ।

त्यतिबेला करातेकर्मीमा छाएको उत्साह, उमंग, जोश र जाँगर बालुवाको घर झै भयो । दुबै थरिका मान्यता प्राप्तहरु आ—आफ्नै अड्डीमा फर्कियो र कराते बिवाद मुक्त बन्न सकेन । पुनः माघ १२ गते राष्ट्रिय खेलकुद परिषदको बिशेष पहलमा २१ सदस्य सहित पुर्व राखेप सदस्य सचिव युवराज लामाको अध्यक्षतामा तदर्थ समिति गठन भयो । उक्त तदर्थ समिति गठन पश्चात मुलुकभर रहेका करातेकर्मी माझ अर्कै उमंग ल्याईदियो, जसले करातेको शान, ईज्जत उपल्लो दर्जामा पुगेको भान हुँदै आफुलाई करातेकर्मी भन्न गर्व महशुस गरे । युवराज लामा आफैमा पनि राष्ट्रको आईडलको रुपमा परिचित छन । उनि लामो समय कलाकारिता, पर्यटन क्षेत्र, त्यो भन्दा पनि पहिला उनि करातेका संस्थापक ब्यक्तीत्वको रुपमा परिचित छन । लामा करातेमा आवद्ध जनाउदा सम्भवत मुलुकमा कराते खेल भन्नेकुरा एकाध बाहेक कसैलाई जानकारी नै थिएन । अर्थात साँचो अर्थमा भन्ने हो भने लामा करातेका सबैका संस्थापक आदरणिय गुरु हुन । तत्कालिन नेकपा माओवादी सरकारको नेतृत्वमा रहदा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा सच्चा खेलाडीले पहिलो पटक नेतृत्व सम्हालेको २०६८ सालमा,जसको नेतृत्व सदस्य सचिवको रुपमा युवराज लामाले गर्नुभएको थियो । त्यतिवेला खेलाडीहरुले बिशेष गरि करातेकर्मीले आफ्ना गुरु समग्र खेलकुदको नेतृत्व सम्हालेकोमा गर्व महशुस गरेका थिए । करातेकर्मी र खेलकर्मीका निम्ति त्यो दिन ईतिहास हो जुन दिन लामा सदस्य सचिव नियुक्ती भए । उनको ४ बर्षे कार्यकालमा देशैभर भौतिक पुर्बाधारहरु निर्माण भए जुन शरद चन्द्र शाह पछि खेलकुदमा बिकाश निर्माणमा लिएको दोश्रो गतिको रुपमा परिचित छन । अर्को उनको उल्लेखनीय कार्य, सिमित बजेटमा चलेको खेलकुदलाई उल्लेखनीय बजेट बृद्धी गर्दै नेपाली खेलकुदलाई अग्रगामी छलाङ्गमा प्रबेश गराउन सफल भएका थिए । लामा प्रष्ट भिजन र मिसन सहित स्पष्ट बक्ताका रुपमा अघि बढने एक प्रखर ब्यक्तीत्व हुनुहुन्छ । त्यसैले यही चैत्र ११ देखि १३ गते सम्म भरतपुर चितवनमा ७ औं मास्टर्स मिट तथा नेपाल कराते महासंघको साधारण सभा (निर्वाचन) हुँदैछ, जसको नेतृत्व युवराज लामा सर्व सम्मत चयन हुने कुरामा करातेकर्मीहरु विश्वस्त छन । तर अझै पनि केही ब्यक्तीवादी पदलोन्मुख चिन्तन बोकेका र समग्र करातेलाई बिकाश बिस्तार भन्दापनि ब्यक्तीगत फाईदा खोज्नेहरु सल्वलाउन भने छोडेका छैनन ।

यदि सदा ब्यक्तीगत फाईदाका निम्ति बिवादमा करातेलाई फसाईराख्ने हो भने अव करातेकर्मीहरु जाग्दै त्यस्ता बिरुद्ध खुलेर उत्रनु र अवको सच्चा नेतृत्व निर्विवाद रुपमा चयन गर्नु बिकल्प छैन । अव पनि हामी आम करातेकर्मीको चेत खुलेन भने हामी सबैलाई यो युगले धिक्कार्ने छन । हाम्रा निम्ति आदरणिय गुरु युवराज लामा करातेको नेतृत्वको रुपमा पाउनु भनेको आफैमा एउटा ठुलो अवसर र कराते कर्मीहरुका निम्ति अहोभाग्य पनि हो । यो अवशरलाई सबै करातेकर्मी एकजुट भएर समर्थन गर्नुको बिकल्प छैन । यदि अवपनि कराते एक हुन सकेन वा मिल्न सकेनन भने यो कहिल्यै सम्भव हुनेछैन भन्यो भने अतियुक्ती नहोला । त्यसैले हामी सबै करातेकर्मी एउटै मन्चमा चैत्र ११ गते उपस्थित भएर फराकिलो सोच र चौडा छाती बनाएर एकताको सन्देश आम खेलकुदमा दिनुको बिकल्प छैन । अनि राष्ट्रको सान, ईज्जत र प्रतिष्ठाको खेल कराते,साथै समृद्धीको खेल कराते भनेर जन—जनमा पुर्याउने अभियानमा एकजुट बनौ । अनि गर्व गरौ खेलकर्मी र करातेकर्मी भनेर । अनि सबै सहभागी बनौ मुलुकको खेलकुद समृद्धी बनाउने महा अभियानमा । जय खेलकुद,जय कराते,जय देश ,जय हामी ।

लेखक नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता, अन्तराष्ट्रिय रेफ्री एवंं नेकपा (माओवादी केन्द्र ) निकट, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष हुन

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *