शिक्षक संगठनको नगर परिषद सम्पन्न

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौ महानगर समितिले आफ्नो नगर परिषद, एम एल एल -२४ कार्यशाला र क्यालेन्डर बिमोचन कार्यक्रम संयुक्तरूपमा सम्पन्न गरेको छ। गत बैशाख १९ गते नेपाल राष्ट्रिय शिक्षक संगठन महानगर समिति अध्यक्ष माधव प्रसाद ओलीको सभापतित्वमा नन्दी माध्यमिक बिद्यालय,नक्सालमा उक्त संयुक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव हंस बहादुर शाहीले प्रमुख अतिथिको रूपमा आफ्नो मंतब्य राख्दै काठमाडौ महानगरले शिक्षकहरुको ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्ने दुस्प्रयास गरिरहेकोे दावी गरे । ट्रेड युनियन अधिकारलाई दबाउने जो सुकैको र जस्तोसुकै कार्यलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले डटेर बिरोध गर्ने बताउँदै महासचिव शाहीले पंचायती ब्यबस्था जस्तो निरंकुश शासनमा समेत शिक्षकहरुको ट्रेड युनियन अधिकार स्थापना गर्न सफल रहेकोे नायक संगठनलाई नजिस्क्याउन चेतावनी दिए । नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशका उपाध्यक्ष सानुमैया खड्काले शिक्षकहरुलाई राजनीतिमा संलग्न रहेको भनी बदनाम नगर्न आग्रह गरिन् । शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाउने शिक्षा मंत्री देखि बिद्यालय ब्यबस्थापन समिति पदाधिकारी सबैले सर्वप्रथम आफूलाई राजनीतिबाट मुक्त गर्नु पर्ने माग राखिन् । कार्यक्रमका सभापति माधव प्रसाद ओलीले आफ्नो समिति काठमाडौ महानगरका संपूर्ण शिक्षकहरुलाई पेशागत दक्षता सहितको सुरक्षा प्रदान गर्न निरन्तर कृयाशिल रहेको बताए। उनले त्यसैको उपक्रम स्वरूप उक्त संयुक्त कार्यक्रम आयोजना गरिएको दाबी गरे । अध्यक्ष ओलीले आगामी दिनहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनलाई महानगर भित्र थप सशक्त र पेशागत प्रवीणतायुक्त शिक्षकहरुको सम्मानित संगठन बनाउनका लागि आफूले एउटा बृहद कार्ययोजना तयार गरेको र सोही अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । हामीलाई आफ्नो प्रतिक्रिया दिंदै काठमाडौ महानगर शिक्षक संगठनका सचिव गणेश गुरागाईँले विभिन्न बहानामा शिक्षकहरुको मान मर्दन गर्ने र हुर्मत लिन खोज्ने जोसुकै शासकका विरुद्धमा आफूहरू अग्र मोर्चामा रहने चेतावनी दिए । उक्त संयुक्त कार्यक्रममा काठमाडौं महानगरमा रहेका विभिन्न बिद्यालयका एक सय पचास शिक्षकहरु सहभागी थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *