नेत्री अनारकली मियाद्वारा ३० बन्धक नेपालीलाइ स्वदेश फर्काउन जोडदार पहल

खवर पाटी (खोज खबरको अभियान)

नेत्री अनारकली मिया द्वारा ३० बन्धक नेपालीलाइ फिर्ता गराउन परराष्ट्र मन्त्री र राजदुत सङ्ग टेलिफोन सम्बाद           छिट्टै नेपाल फर्काउने राजदुतको भनाइ ।

खबरपाटी सम्वादताता, दाङ । नेकपाकी नेत्री तथा संबिधानसभा सदस्य अनारकली मिया द्वारा भारतको दिल्लि स्थित नराला अपार्टमेण्टमा भारतीय पक्षले दिल्लिको निजामुद्दिन मर्कजमा रहेका ३० जना नेपाली हरुको नागरिकता खोसेर जातिय रुपमा मुद्दा चलाएकोमा नेकपाकी नेत्री अनारकली मियाले तत्काल भारत सरकारले मुद्दा फिर्ता गरेर स-सम्मान जनक रुपमा नेपाल पठाउन आग्रह समेत गरेकी छन ।

नेत्री अनारकली मियाले जातिय रुपमा भारत सरकार र भारतीय मिडियाले मुस्लिम समुदायलाइ कोरोना फैलाउने अभियोग लगाउनु अन्तराष्ट्रीय रुपमा भारतको सोचले आफ्नै इज्जत फालेको बताइन । कोरोना भाइरस चिनको हुवाङ प्रान्तबाट फैलिएको भाइरसले अहिले बिश्व नै आक्रान्त भैरहेको बेला एक जातिय समुदायलाइ आरोप लगाएर आफ्नो क्षमता लाइ देखााएर भारतले आफैलाइ नङ्गाएको छ ।

नरला अपार्टमेन्टमा बन्धक बनाएर कोरोना फैलाएको आरोप सहित मुद्दा चलाएकोप्रति नेत्री अनारकली मियाले भारतको दिल्लि स्थित नेपाली दुतबास तथा राजदुत निलाम्बर आचार्य सङ्ग टेलिफोनमा कुराकानी गरी ३० जना नेपाली नागरिक हरुलाइ लगाइएको आरोप र मुद्दा बारे जानकारी लिएको नेत्री अनारकलीले मियाले खबरपाटी लाइ बताएकी छन ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञावलि सङ्ग पनि टेलिफोन गरी ति बन्धक बनाइएका नेपाली जनताको छिटो उद्दार गरिदिन अपिल समेत गरेको खबरपाटी लाइ बताएकी छन । नरेला अपार्ट्मेण्टमा गोर्खाका रमजान मिया छोरी लिन गएका थिए भने केहि जमाती मुस्लिमहरु र नाजिर मिया सहित बाँकी १५ जना नेपाली बिधार्थिहरुलाइ दिल्लिको क्राइमब्रान्चले नागरिकता खोसेर मुद्दा चलाएको बताइएको छ ।

अपार्टमेन्टमा रहेका ति ३० जना नेपालीहरु सबैको तिन पटकसम्म पनि कोरोना टेष्ट गर्दा नेगेटिभ आएको हुदापनि ति नेपालीहरुलाइ मुस्लिम भएकै काराण कोरोना रोग फैलाउने अभोयोगमा मुद्दा चालाइएको बताइएको छ । राजदुत निलाम्बर आचार्यले दुताबासले त्यो घटनाको छानबीन गरिरहेको र छिटोछरितो मुद्दा फैसला गराएर नेपाल फिर्ता पठाउने तयारीमा दुताबास लागेको बताइएको छ ।

Facebook Comments Box