काठमाडौं । चन्द्रागिरि नगरपालिका वार्ड नं १, दहचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । निर्वाचन मिति नजिकिंदै जाँदा राप्रपाका उम्मेदवारहरु दैनिक जनताको घरघरमा पुगेर मत मागीरहेका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेल अध्यक्ष भएपछि उत्साहित बनेको राप्रपको अवस्था दहचोकमा निकै सुधार भएको पाइएको छ ।
राप्रपाका स्थानीय नेता कार्यकर्ता उत्साहपूर्वक मत मागीरहेका छन् भने जनमत पनि राप्रपाको पक्षमा बढीरहेको स्थानीय बताउँछन् । चन्द्रागिरि नगरपालिका वडा नं १ मा राप्रपाका तर्फबाट वडा अध्यक्षमा जयराम खत्री तथा सदस्यहरुमा ईश्वर बखती,भगवती बखती, रिता परीयार, श्याम गिरी उम्मेदवार रहेका छन् ।
Facebook Comments Box