गौतमबुद्ध विमानस्थलमा १० दिने क्यालिब्रेशन फ्लाइट सुरु

खवर पाटी (खोज खबरको अभियान)

बुटवल । भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको १० दिने प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट)  सुरु भएको छ ।

एरो थाईको विशेष जहाजले शुक्रवारबाट १० दिने प्राविधिक परीक्षण उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेस गन गरी एरो थाईले शुक्रबारदेखि सुरु गरेको क्यालिब्रेशन फागुन १५ गतेसम्म जारी राख्ने छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आईसीबी–२ का परियोजना प्रमुख प्रवीण न्यौपानेले विमानस्थलको भौतिक पूर्वाधारको काम सम्पन्न भई उपकरण जडानको काम पनि सकिएको बताउनु भयो । उडानका लागि ग्राउन्ड टेस्ट सकिएको र फ्लाइट टेस्ट गर्नको लागि एरोनटिकल रेडियो अफ थाईलैण्ड (एरो थाई) को फ्लाइट चेक एयर क्राफ्टले काम थालेको बताउनु भयो ।

Facebook Comments Box