कला संस्कृति संरक्षणमा फागुण २७ र २८ गते वृहत साँस्कृतिक कार्यक्रम हुने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुह लागि पर्दै आइरकेका छन् । यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्य रुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ ।

आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीय स्थरमै भएपनि वार्षिक रुपमा चन्द्रागीरी ९, मच्छेगाउँमा बिबिध साँस्कृतिक कार्यक्रम हुँदै आईरहेको छ । २०५८ सालमा नेपाल साँस्कृतिक कला मन्दिरको स्थापना भएको हो भने रमेश शाही नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अध्यक्ष हुन् जसको पहलमा यो कार्यक्रमले निरन्तरता पाइरहेको छ । वार्षिक रुपमा हुदै आइरहेको लाखे नाच कोरोना कहर शुरु भएता हुन सकिरहेको थिएन । आफ्नो कला संस्कृतिको संरक्षणका लागि वार्षिक रुपमा आयोजना हुदै आएको लाखें नाच भने यो वर्ष नहुने अध्यक्ष शाहीले बताए ।

संस्थाले कला संस्कृति, परम्परागतको सँस्कृति जगेर्ना गर्नेहेतुले यो वर्ष यही फागुण २७ र २८ गते चन्द्रगिरी ९, भलिवल चउरमा हुने भएको छ । पुर्व मन्त्री राजेन्द्र कुमार केसीव्दारा उद्घाटन हुने वृहत साँस्कृतिक कार्यक्रमको बिशेष अतिथिमा चन्द्रगिरी नगर प्रमुख घनश्याम गिरी रहनु हुनेछ । अतिथिहरुलाई नेवारी पोशाकमा ९ नं. वडा परिक्रमा गराई कार्यक्रमाको सुरुवात गरिने भएको छ ।

पहिलो दिनको कार्यक्रममा गायक एवं कलाकारहरु मिरा पोखरेल, विष्णु बराल, माण्डवी त्रिपाठी, मुकेश पण्डित, पुजा, किशोर शाही, कविराज गहतराज, बिकेश शाही लगायतका कलाकारहरुको आआफ्नो प्रस्तुती दिनेछन् भने सम्मान कार्यक्रम रहेको छ । दोस्रो दिन अर्थात फागुण २८ गते समापन कार्यक्रममा गायिकाहरु रचना रिमाल, समिक्षा अधिकारी, अस्मिता अधिकारी, गायक पदम राई, निर्देशक श्यामराज श्रेष्ठ, मोडल साक्षी लम्साल, पत्रकार विष्णु सुवेदी, सानुकाजी श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको प्रस्तुति र सम्मानको कार्यक्रम रहेको आयोनक पक्षले जानकारी गराएका छन् । यसपालि कार्यक्रम स्थलमा बिभिन्न नेवारी खानाको परिकारको स्टल पनि रहने छ ।

Facebook Comments Box