संसदीय समितिको टीओआरमा गृहमन्त्रीको नाम नराख्नेगरी सत्तापक्षको नयाँ प्रस्ताव

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको ‘टीओआर’मा रवि लामिछानेको नाम अनिवार्य रूपमा राख्नुपर्ने अडान लिएको छ । प्रतिपक्षी कांग्रेसले गृहमन्त्री भएपछि आफ्नो व्यक्तिगत अनुसन्धान रोकेकाले रवि लामिछानेको नाम तोक्न अनिवार्य भएको बताएको हो । संसदीय छानबिन समितिको टीओआर निर्माण कार्यदलमा सदस्य रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको बताए ।

“विगतका संसदीय छानबिन समितिमा व्यक्तिको नाम नतोकिनुमा त्यसबेला सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा भएका कामको छानबिन गरिएको थियो । तर, अहिले गृह मन्त्रालय वा त्यसको जिम्मेवारीमा रहँदा गृहमन्त्रीले सहकारीको बचत अपचलन गरेर छानबिन हुन लागेको होइन,” परियारले भने, “हामी समेत संलग्न भएको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । मातहतका निकायबाट रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा उहाँ गृहमन्त्री बन्नुभयो र त्यो अनुसन्धानको प्रक्रिया नै रोकियो । त्यसकारण उहाँको नाम तोकेर नै छानबिन आवश्यक परेको हो ।” 

उनले कांग्रेसले सुरुआतदेखि नै राखेको यो अडान अहिले पनि कायम राखेको बताए । उनले सत्तापक्षले पहिलेभन्दा केही लचक भएर नयाँ प्रस्ताव ल्याएको जानकारी दिए । तर, उनले नयाँ प्रस्तावमा के के विषयमा सत्तारूढ दल लचक भनेर खुलाउन चाहेनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *