सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुग्यो

अर्थ समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो । 
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *