नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपतिको शुभकामना

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथे मैदानमा उत्रिएर नेपाली झण्डा विश्व समुदायबिच फहराउने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *