राष्ट्रिय बाँस सम्मेलान खोटाङमा हुने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । नेपालका प्राय सवै क्षेत्रमा बाँस पाइन्छ । कृषि, घरेलु सामाग्री तथा सांस्कृतिक रुपमा पनि बाँसको उपयोग नेपाली समाजमा प्राचीन समयदेखि हुँदै आएको छ । उपयोगी बाँसलाई अब व्यवसायीक, औद्योगिक र पर्यावरणसँग जोडेर बाँसको वृहत्तर उपयोगिता र महत्वलाई उजागर गर्ने उद्देश्यले आगामि कात्र्तिक २ देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्न लागिएको छ । बाँसलाई जीवन उपयोगी बनाउँदै पर्यावरण संरक्षण, स्थानीय स्तरदेखि नै बाँसको उत्पादन, विकास र रोजगारि सिर्जना गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्रिय स्तरमै बाँसको सम्मेलन गर्न लागिएको शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा संयोजक एवं राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

भेलामा लामो समयदेखि बाँसको क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा संलग्न अध्येताहरुको सहभागीता रहेको थियो । बाँस सम्मmेलनमा बाँसको क्षेत्रमा सोधकर्ता, अनुसन्धानकर्ता, बाँस व्यवसायी, कृषक, तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहने तथा सम्मेलनमा बाँसका विभिन्न प्रजातीहरुको जानकारी, वृक्षारोपण तथा बाँसका सामाग्रीहरुको प्रदर्शनी समेत गरिने छ । बाँस सम्मेलन तयारी समितिका संयोजक पूर्वमन्त्री गणेश सहले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरु र सरोकारवालाहरुलाई सहभागिताको लागि भूमिका निर्वाह गर्नेछन् ।

कार्यक्रममा सहभागी वक्ताहरुले नेपालमा हाल बाँसको विद्यमान अवस्था, बाँसको उपयोगिता, महत्व र आवश्यकताका बारेमा विचार राख्नु भएको थियो । कार्यक्रममा पूर्व मन्त्री डा.कल्याणी शाह, पूर्वमन्त्री गणेश शाह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, काठमाडौं विश्वविद्यालयको बाँस विज्ञ डा. विष्णुमाया के.सी, काठमाडौं वन विज्ञान क्याम्पसका उप प्राध्यापक डा.हिमलाल श्रेष्ठ, बाँस व्यवसायी प्रणव श्रेष्ठ, बाँस अनुसन्धान विज्ञ सन्तोष दाहाल, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा.चिरञ्जिवी भट्टराई, नवकिरण उर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय बाँस सम्मेलनको लागि आयोजक कमिटिको सदस्य सचिवको रुपमा रामहरि गिरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *