रुस र उत्तर कोरियाबीचको सहमतिले दक्षिण कोरियामा चिन्ता

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

सिउल । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच एक अर्काविरुद्धको आक्रमकताविरुद्ध एक अर्कालाई सघाउने सहमति भएको छ । उत्तर कोरियाली नेता किमले यो समझदारीले दुई देशबीचको सम्बन्धलाई नयाँ र उच्च स्तरको गठबन्धनमा लगेको जनाएका छन् ।

उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले चालेको कदमलाई समर्थन गरेको छ भने कोरियन प्रायदिपमा हुन सक्ने लडाईलाई आगामी दिनमा रसियाले उत्तर कोरियाको साथ दिन सक्ने अवस्थाका कारण दक्षिण कोरिया पनि चिन्तित पाइएको छ ।
एक अर्कालाई सघाउने भनिएकोले दक्षिण कोरियाविरुद्ध उत्तर कोरियाले भविश्यमा कुनै पनि कदम नचाल्ला भन्न सक्ने अवस्था नभएका कारण दक्षिण कोरियामा चिन्ता उत्पन्न भएको हो । पश्चिमा शक्तिहरुपनि दुई देशबीचको नयाँ संझौतालाई लिएर सशंकित पाइएका छन् ।

उत्तर कोरिया र रसियाबीच के कस्तो सहयोग आगामी दिनमा हुन सक्छ भन्ने बारेमा प्रष्ट नखुलाइए पनि दुई देशबीचको समझदारीलाई ‘विस्तृत साझेदारी संझौता’को नाम दिइएको छ ।  पुटिन बुधबार बिहान ३ बजे उत्तर कोरियाको भ्रमणमा आएका हुन् भने त्यहाँको भ्रमण सकेर भियतनाम प्रस्थान गर्दै छन् । उनले उत्तर कोरियाली नेतालाई रुस भ्रमणको निम्तोपनि दिएका छन् । पश्चिमा शक्तिबाट एक्लिएको रुसका राष्ट्रपतिलाई उत्तर कोरियामा भव्य स्वागत गरिएको छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *