नेप्से ५.६० अंकले बढ्यो, ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आकर्षण

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । ‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५’ को मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेप्से ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको छ । चार अर्ब १८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

१३ समूहमध्ये पाँचवटाको परिसूचक घटेको छ । परिसूच्क घट्नेमा वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूह छन् । १५१ कम्पनीको सेयर मूल्य बढेको छ । ८८ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *