इन्डो नेपाल फ्रेन्डसिप सोतोकान कराते प्रतियोगिता सम्पन्न, नेपाल प्रथम

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल सोतोकान कराते संघ (क्प्क्ष्) ले छैठौं इन्डो नेपाल फेन्डसिप् सोतोकान कराते २०८१ असार ७ देखि ८ गतेसम्म छैठौं इन्डो नेपाल फ्रेण्डसीप च्याम्पियनसीप प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल र भारतका कराते खेलाडिहरु सहभागी प्रतियोगता असार ७ र ८ गते काभ्रेको धुलिखेलमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटान प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गर्नुभएको थियो । यस्तै समापन कार्यक्रम पूर्व शाहज्यादी शीताष्मा राज्यलक्ष्मीदेवी शाहले गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा महिला र पुरुष सहित भारतको २५ वटा प्रान्तबाट छनौट गरिएका २५० जना भारतीय खेलाडी तथा नेपाल अधिराज्यका ४९ जिल्लाबाट छनौट गरिएका ३५० जना नेपाली खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगिताको नतिजा अनुसार जम्मा ७४ वटा कुमिते इभेन्टमा नेपालले ४९ गोल्ड, ५३ सिल्भर र ६० ग्रन्च हासिल गरेको थियो भने त्यस्तै काता तर्फ ७ गोल्ड, ४ सिल्भर र ६ ग्रन्च ग्रन्च हासिल गरि कुमिते र काता गरि जम्मा ५६ गोल्ड, ६० सिल्भर र ६६ ग्रन्च जितेर नेपाल छैठौं इन्डो नेपाल फ्रेण्डसीप सोतोकान कराते च्याम्पियन (प्रथम) वन्न सफल भएको थियो भने भारत दोस्रो स्थानमा रहेको थियो । कार्यक्रम नेपाल सोतोकान कराते संघका अध्यक्ष एवं प्रमुख हेमकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *