पलेशा गोवर्धनलाई महासंघको नगदसहित सम्मान

अर्थ खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पारालम्पिकमा तेक्वान्दोमा कांस्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार रुपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो । गोवर्धन पारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न पाउदा खुसी लागेको बताए ।

उनले महासंघका सदस्य एवं सबै निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे ।“नेपाली युवाहरू प्रतिभावान छन् । विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्धनमा सहयोग पुर्‍याउनुपर्छ,” उनले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *