युद्धमा गोर्खालीहरूको भूमिका समेटिएको गोर्खा वारियर आयो टिजरमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । यदि कोरोना संक्रमण नभएको भए यतिबेला निर्देशक मिलन चाम्स आफ्नो नयाँ फिल्म गोर्खा वारियरको सुटिङमा बेलायतमा हुन्थे । सन् २०२१ मा रिलिज गर्ने भनिएको उनको फिल्म गोर्खा वारियरको कोरोना संक्रमणकै कारण सुटिङ रोकिएको छ ।

बेलायती सिने उद्योगसँगको सहकार्यमा निर्माण गर्न लागिएको उनले यो फिल्मको टेस्ट टिजर सार्वजनिक गरेका छन् । निर्देशक मिलन चाम्सले टिजमा गोर्खालीको वीरगाथा प्रस्तुत गरेका छन् । युद्धमा गोर्खालीहरूको भूमिका र विभिन्न देशमा गोर्खाली सेनाको अवस्थालाई यो टिजरमा समेटिएको छ । आफ्नो चलचित्र पनि गोर्खालीको वीरगाथामा आधारित रहने मिलनले बताएका छन् ।

‘यदि कोही मर्नसँग डराउँदिनँ भन्छ भने कि ऊ झुट बोल्दै छ, कि त ऊ गोर्खाली (नेपाली) हो’ फिल्ड मार्सल साममा नेस्काको यो भनाइसँगै अन्य सैन्य व्यक्तिको भनाइ टिजरमा समावेश छ ।

टेस्ट टिजर हलिउड र बलिउडमा बनाउने गरिए पनि नेपालमा आफूले पहिलोपटक प्रस्तुत गरेको उनले बताए । यो टिजरका लकडाउनअघि नै छायांकन गरिएको हो ।

टिजरमा नवनायक रितेश चाम्स, अभिनेता विजय लामासहित विभिन्न व्यक्ति छन् । आफ्नो चलचित्र अब मुलुकको अवस्था सामान्य भएपछि छायांकनमा जाने उनले बताए । गोर्खा वारियरमा कलाकारका रूपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रितेश चाम्स, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रूपा पुनलगायत हुनेछन् । जसमा हलिउड कलाकारको पनि अभिनय रहनेछ ।

Facebook Comments Box