उच्चस्तरीय समन्वय समितिको बैठक सुरु, लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु बैठकमा लकडाउनको मोडालिटी, विदेशमा अलपत्र परेका नेपालीको अवस्था लगायतका विषयमा छलफल हुने समितिका सदस्यरहेका एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए ।

संक्रमणको दर बढेकाले लकडाउनको मोडालिटीमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आजको बैठक केन्द्रित हुने भएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय आउँदो २० गते सकिँदैछ । चैत ११ देखि देशभर लकडाउन जारी छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा पनि नयाँ अवधारणामा छलफल हुने ती मन्त्रीले जानकारी दिए । सुरुवाती चरणमा २५ हजार नेपालीलाई उद्दार गर्नेगरी सरकारले छलफल थालेको छ ।

Facebook Comments Box