प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, समसायिक राजनीतिक विषयमा छलफल

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करीब डेढ घण्टा भएको भेटवार्तामा समसामयीक राजनीति बारे चर्चा भएको बताइएको छ ।

यही जेठ १० गते नेकपा सचिवालय बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएकाे प्रतिवेदनमा प्रारम्भिक छलफल भएकाे थियाे । उक्त बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित थिए । केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन एमसीसी अध्ययन कार्यदलले पार्टीमा बुझाएको थियो ।

Facebook Comments Box