‘भूमि फिर्ता गर्ने गरिनै हामीले यि सबै कुराहरु गरे हौं र वार्ता हामी गछौं, – मन्त्री ज्ञवाली

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका हुन् ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो । भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताएका हुन् ।

उनले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताए । उनले भने, ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरु ग्रिराखेका छौं । अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन् । हामी निरन्तर टचमा छौं ।’ उनले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको समेत बताए । उनले भने, ‘भूमि फिर्ता गर्ने गरिनै हामीले यि सबै कुराहरु गरे हौं र वार्ता हामी गछौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको ।’

उनले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिवद्ध रहेको समेत स्पष्ट पारे । उनले सिंगो देश एकतावद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गरेका थिए । सांसदहरुले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भीर हुन आग्रह गरेका छन् ।

Facebook Comments Box