नवलपरासी, देवचुली नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ५ पुग्यो

खवर पाटी (खोज खबरको अभियान)

नवलपरासी, पूर्वी नवलपरासीमा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार संक्रमित हुने व्यक्ति देवचुली ११ का १९ वर्षीय र देवचुली १५ का २१ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै पूर्वी नवलपरासीमा संक्रमितको संख्या ६ पुगेको छ भने देवचुली नगरपालिकामा मात्रै ५ पुगेको छ ।
देवचुली ११ का संक्रमितको स्वाव मध्यविन्दु अस्पतालमा वुधवार संकलित ३२ जना मध्येको १ जनामा पोजेटिभ देखिएको हो भने ३१ जनामा नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
उनको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो भने उन भारतको महाराष्ट्रबाट यही जेठ १२ गते देवचुली आइपगेका हुन् ।
त्यस्तै अर्का संक्रमित २१ वर्षीय युवा भारतको उत्तरप्रदेश बाट यही जेठ ९ गते भारतबाट आएका थिए । उनको विहीबार संकलित देवचुली नगरपालिकाको २५ स्वाव मध्येबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
संक्रमित दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । यसअघि शुक्रबारे देवचुली मै एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । उनलाई भरतपुर स्थित कोरोना अस्थायी अस्पतालमा राखिएको छ ।
देवचुली नगरपालिका भित्र क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन कार्य सकिएकोले शनिबार थप स्वाब संकलन नहुने जनाएको छ । तथापि उनीहरुको सम्पर्कमा आएका कोही भेटिए स्वाब संकलन गरिने चापागाईले बताए ।
विहीबार नै हुप्सेकोट गाउँपालिकाका १५ जनाको स्वाब संकलन गरिएको थियो ।

  • रामकुमार श्रेष्ठ/ दाउन्ने साप्ताहिक
Facebook Comments Box