उत्तम गुरुङको समयोजकतत्वमा १४ औ राहत बितरण सम्पन्न

खवर पाटी (खोज खबरको अभियान)

कतार । गैर आवसिय नेपाली सघ कतारले हाल सम्म १४ औ कोभिड १९ पिडित श्रमिक क्याम्पहरुमा खाध्यन्न राहत बितरण गरेको छ । राहत बितरण का समयोजक उत्तम गुरुङ ले हाल सम्म नेपाली हरुको अवस्था चिन्तामुक्त रहेको र यहा कतार मा स्थापित रेडक्रस, कतार च्यारेटि, श्रमिक कोष लगाएतका सस्थाहरु ले उक्त राहत नेपालि दुताबासलाइ हस्तान्तरण गरेको र दुतबासले समन्वयमा गैर आवसिय नेपाली समाज कतारलाइ राहत बितरण गराउन भुमिका खेलेको छ ।

 

हाल कतारका समाजसेवीहरु गैर आवसीय सघका सदस्यहरु दिनरात लागेर राहत बितरणमा खटेका छन । राहत कोष बितरणका संयोजक उत्तम गुरुङ, समाजसेवी तथा आइसिसि टिबि कार्की , मध्यपुर्बका समयोजक प्रबिन गुरुङ, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, आइसिसि सदस्य रमेश भट्ट लगायतका सदस्यहरुले नेपालीहरुको सेवामा खटिएर राहत बितरण गरेका थिए ।

 

राहत कार्यक्रममा झापाली समाज, कतार, तमु समाज कतार, स्याड.जा समाज कतार, अध्यक्ष मुक्तदा मुसलमान, प्रथम उपाध्यक्ष तथा संयोजक (कोभिड १९ राहत तथा उद्दार समिति), आईसिसि सदश्य रमेश भट्ट, एनसिसि सदश्य मुख्तार आलम सबैले सहयोग प्रदान गर्नु भएको थियो । आगामी दिनहरु पनि यस्तै राहत वितरणका लागि संयोजक, दोहामा स्थापित संघ संस्था, उद्योगपति अभियन्ता तथा सबै सहयोगीदाताहरुसंग सहयोग संकलन गरेर निरन्तर रुपमा आवश्यकता भए अनुसार क्रमश: राहत वितरण गर्दै जाने कुरा थाहा भएको छ ।

Facebook Comments Box