कोभिड-१९ भर्चुअल पुम्से च्याम्पियनसिपका लागि निर्णायक मण्डलमा अशोक खड्का मनोनित

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं,  तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपका लागि निर्णायक मण्डलमा मनोनित भएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा  च्याम्पियनसिप हुन लागेको हो । खड्काका अनुसार उनीसहित १३ राष्ट्रका निर्णायक च्याम्पियनसिपका लागि मनोनित भएका छन् ।

एसियाबाट छनोट हुनेमा खड्का एक्लो हुन् । खड्काको मनोनयका लागि नेपाल तेक्वान्दो संघसँग स्वीकृति पनि लिएको बताइएको छ । ४ दिने प्रतियोगिता जुम प्रविधिमार्फत प्रत्यक्ष हुनेछ । च्याम्पियनसिप नेपाली समय अनुसार आज राती १२ः०० बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीको सहभागिता रहेको पनि खड्काले बताए ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का अध्यक्ष समेत रहेका खड्काले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरेको छ ।

यस कारण विपन्न परिवारलाई आर्थिक कठिनाई परिरहेको छ । त्यस्ता परिवारलाई सहयोगमा खड्का सक्रियतापूर्वक लागेका छन् । च्याम्पियनसिपबाट प्राप्त हुने पारिश्रमिक पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोग गरिने आयोजकले जनाएको खड्काले बताए । हाम्रो खेलकुद

Facebook Comments Box