वेवारिसे सडक महिलामा कोरोना संक्रमण

खवर पाटी (खोज खबरको अभियान)

धादिङको गजुरी बजारमा विगत डेढ वर्षदेखि सडकमा देखिने एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गजुरी गाउँपालिका गजुरी बजारदेखि वडा नं.५ घाटबेसी आसपासमा सडक किनारमा देखिने नाम नखुलेको सुस्त मनस्थितिकी करीब ३२ बर्षीय महिलाको उद्दार गर्न भनी उपाध्यक्षले पहल गर्दा एक पुनर्स्थापना केन्द्रले कोरोना परिक्षणको रिपोर्ट मागेपछि स्वाव परिक्षण गर्दा सोमबार कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ ।

यस कुराले अन्य सडक मानवहरू समेत संक्रमित हुनसक्ने प्रवल संभावना देखिएको छ, ढुंगानाको चिन्ता छ। गत जेठ १९ गते गजुरी घाटबेसीका स्थानीयले सामजिक संजालमा राखेको खबर थाहा पाएपछि उपप्रमुख ढुंगानाले पीडित महिलाको आफै अवलोकन गरी उनको उपचार तथा उचित व्यवस्थापन गर्ने जानकारी गराएपछि सम्पुर्ण स्थानीयबासीमा खुशीयाली छाएको थियोे । तर ती महिलाको पुनर्स्थापना गर्नुभन्दा अगाडि स्वास्थ्य परिक्षण गर्दा थप चिन्ता भएको हो । ती महिलालाई सोमबार नै उपचारको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

देशैभरि हजारौंको संख्यामा बेबारिसे सडक मानवहरु हुनुहुन्छ । उहाँहरूमा संक्रमण फैलन सक्ने र उहाँहरू मार्फत जोखिम फैलने देखियो । त्यसैले ती व्यक्तिहरुको परिक्षण गरेर तुरुन्त उद्दार गर्न पर्छ । ढुंगानाले भनेकी छन्, देशभरिका संबधित क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्था तथा अन्य निकायको ध्यानाकर्षण हुनु जरुरी छ, त्यसका निम्ति हामी स्थानीय तह यसमा सहकार्य गर्न तयार छौं ।

Facebook Comments Box