राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ट हो : सांसद थापा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरे । उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गरे ।

‘यो सरकारले कोरोनाको लडाइबाट हामीलाई पार लगाउन सक्तैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनांै । अब हामी प्रश्न गर्छौं । उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौं,’ सांसद थापाले भने, ‘हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ट हो । हामीलाई हिसाब चाहिन्छ ।’

प्रतिनिधिसभामा आफूहरुले माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दौ आक्रोश पाखे ।

‘न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ?’ उनले भने, ‘यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अकर्मण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ ।’

सांसद थापाले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकामा पनि आपत्ति जनाउँदै प्रश्न गरे । उनले भने, ‘यो क्वारेन्टाइन हो कि मान्छे मान्र्छे कन्सन्ट्रेशन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ ।’

उनले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोखे । नागरिक

Facebook Comments Box