सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँको बजेट

खवर पाटी (खोज खबरको अभियान)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०८८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँ बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेश सदनमा बजेट प्रस्तुत गर्नुभयो ।

प्रदेश सरकारले चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार (४२.५ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी, पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार (५२.२ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन अन्तर्गत दुई अर्ब १३ करोड ५० लाख (६.४ प्रतिशत) रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ ३० करोड (०.९ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

Facebook Comments Box