राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नेपालको संविधान विधेयक २०७७ प्रमाणीकरण

खवर पाटी (खोज खबरको अभियान)

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिनुभएको हो ।
सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।

Facebook Comments Box