१५२ जना नेपाली ल्याउन गएको जहाजले ११७ जनामात्र लिएर फर्कियो।

खवर पाटी (खोज खबरको अभियान)

बिहीबार मलेसियामा रहेका नेपालीलाई ल्याउन नेपालबाट हिमालय एयरलाइन्सको जहाज गयो। उक्त जहाजले १५२ जना ल्याएर आउने उडान तालिका तय भएको थियो।

क्वालालम्पुरस्थित दूतावासको सूचीअनुसार १५२ जनाले टिकट पनि लिएका थिए। तर जहाज भने ११७ जनामात्र लिएर फर्कियो।

संकटको बेला चार्टर्ड उडानबाट सकेसम्म जहाजको क्षमताअनुसारका मान्छे ल्याउनु पर्नेमा खाली सिटमै जहाज फर्कियो।

यसो हुनुमा मलेसियास्थित दूतावासको कमजोरी रहेको नेपाल फर्किन नपाएका यात्रुहरूले गुनासो गरेका छन्। मलेसियास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि भट्टराईले दूतावासले समयमै सूचना नदिँदा यस्तो समस्या आएको उनले बताए।

‘अहिलेको समयमा जहाजको पूर्ण क्षमता प्रयोग हुनुपर्छ। यसबाट यात्रुलाई पनि सस्तो पर्छ। अर्कोतिर समयमै नेपालीहरु घर फर्किन सक्छन्। तर त्यस्तो भएन। गम्भीर लापरबाहीका कारण ३५ जना नेपाली फर्किन सकेकन्’ भट्टराईले भने।

हिमालयको उक्त उडानमा ३५ जना नेपाली फर्किन नपाउनुको कारण अध्यागमनमा परिवर्तन भएको नयाँ नियम हो।

लकडाउनको समयमा त्यहाँ रहेका कम्पनीले भिसा रद्द गरेको जानकारी नदिए पनि विदेशीलाई फिर्ता आउन दिएको थियो। तर पछिल्लो समय लकडाउन खुकुलो भएसँगै मलेसियाको अध्यागमनले पुरानै व्यवस्था लागू गरेको थियो।

यो नियम त्यहाँका कम्पनीहरूलाई थाहा भए पनि दूतावासले ताकेता नगर्दा भिसा रद्द भएको जानकारी नगराइएका कामदारले पनि सरकारी सूचीअनुसार टिकट काटेका थिए। तर अध्यागमनले भिसा रद्दको जानकारी नआएको भन्दै  उनीहरूलाई फिर्ता गराइदिएको थियो। सेतोपाटी

Facebook Comments Box