काठमाण्डौं । नेपालमा ठूलो आन्तरीक विवादको बिषय बनेको अमेरीकी परियोजना एमसीसी अनुमोदन समयमा हुन नसक्ने देखिदै गए पछि अमेरीकाले चासो दिएको छ ।
बुधबार अमेरीकी विदेश मन्त्री माईक पोम्पियोले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर एमसीसी के हुन्छ भनेर जिज्ञासा राखेका छन् ।
अनुमोदन गर्नु पर्ने समयसिमा सकिन लाग्दा समेत सदनबाट तत्काल एमसीसी पारित हुने छाँट नदेखिए पछि अमेरीकाले जिज्ञासा राखेको हो ।
यस सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी ससदमा छलफलको क्रममा रहेको र सकारात्मक ढंगले टुंगो लगाउने प्रयास गरीरहेको जानकारी गराएका थिए ।
नेकपा भित्रको आन्तरीक विवाद र बाहिर एमसीसी बिरुद्ध बढ्दै गएको आन्दोलनका कारण एमसीसी पारित गर्न जटिल बन्दै गएको छ ।
नेकपा भित्रै एमसीसी परिमार्जन नगरी पारित गर्न नहुने झलनाथ खनाल नेतृत्वको कार्यदलले सुझाव दिए पछि सरकार र नेकपा अझ अप्ठेरोमा परेको छ ।
एमसीसी अमेरीकाको हिन्द प्रसान्त सैन्य रणनीतिसगँ जोडिएको भनेर विरोध हुदै आएको छ ।
Facebook Comments Box