नेकपा स्थायी कमिटीको बैठक आज सकियो, अर्को बैठक असार १६ बस्ने तय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीकाे तेस्रो दिनको बैठक सकिएको छ । आज २२ जना सदस्यले विचार राख्नुभएको र आज पनि हिजाेकै जारी सीमा अतिक्रमणको विषयमा छलफल भएको र त्यसमा सदस्यहरूले सीमा समस्या समाधानकाे गम्भीर प्रयासमा जोड दिनुभएको बैठक पछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अर्को बैठक असार १६ गते ११ बजे बस्ने तय भएको छ ।

Facebook Comments Box