कपिलबस्तु । पुर्ब मन्त्री मिर्जादिल शादको २५ बर्ष सम्म हत्यारा पत्ता लाग्न सकेन । सय गिरिजा एक मिर्जा भनेर नेपालको सदनमा आफ्नो मन्तब्य दिएर चर्चामा आएका कपिलबस्तु झण्डानगर घर भएका मिर्जादिल शाद को २०५५ अषार १५ गते सोमबारको दिन साझ काठमाडौंको सिफलमा उनको आफ्नै निवासमा ४र५ जनाको नकापधारि समुहले स्वचालित हतियारद्वारा गोलिहानी हत्या भएको थियो ।
मुस्लिम समुदायका उनि अतिनै बहादुर र आम गरिब जनताको रोजगारी उधोगका रुपमा कपिलबस्तु देखि काठमाडौंसम्म चर्चामा रहेका उनी तत्कालीन समयमा धेरै नै चर्चामा रहेका नेता थिए । छोटो समयमै राजपरिवार र अन्तराष्ट्रीय सम्बन्ध बनाएका उनको राजनीतिक र भौतिक शरिरले उदाउदै गर्दा उनको रहस्यमय तरिकाले हत्या भएको २५ बर्ष पुग्दा पनि हत्यारा पत्तालागेको छैन ।
आज देखि २२ बर्ष पहिला नेपालका मन्त्री आम जनताका हितैसी उनि सुख, दुःखका साथी, गरीबहरुको मसीहा रहेको भन्दै अझै पनि कपिलबस्तुका जनताहरुले उनलाइ सम्झिरहन्छन । शहीद मिर्जा दिलशाद बेगको २०५५ साल असार १५ गते सोमवारका दिन काठमाडौंको सिफलमा हत्या भएको थियो। तत्कालीन समयमा काग्रेससंग बैचारिक राजनीतिक लढाइमा रहेका कम्युनिष्टहरु पनि मिर्जा दिल सादको त्यो भनाइलाइ सडक आन्दोलनमा प्रयोग गर्ने गर्थे ।