निजि बिद्यालयका शिक्षक कर्मचारीहरु द्वारा आन्दोलन घोषणा ।

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोभिड १९ का कारण बिगत चार महिना देखि बिधालय बन्द भएका कारण निजी विद्यालयका शिक्षक/कर्मचारी हरुले तलब पाएका छैनन । सरकार ले बिधार्थिहरुबाट भर्ना र मासिक शुल्क उठाउन निजि बिधालयहरुलाइ रोक लगाका कारण शिक्षक कर्मचारी हरुले फागुनदेखि तलब पाएका छैनन्। त्यसै त न्यून तलब रहेको अवस्था मा मारमा परिरहेका उनिहरुको पिडा नत निजि बिधालयले सुनेको छ नत सरकार बाट मै कुनै राहत प्याकेज पाएका छन ।

देशभरि निजि शिक्षक कर्मचारी हरु को झण्डै २ लाख परिवारको अवस्था नाजुक बन्दै गएसि भोलि दुइ बजे काठमाडौंको माइतिघर मण्डलामा उनिहरुले आन्दोलन गर्ने घोषणा गरेका छन । निजि बिधालयका शिक्षक कर्मचारी सघका प्रमुख सल्लाहकार इन्द्र भटराइका अनुसार सरकार र निजि बिधालय संचालकहरु दुबैले निजि शिक्षक कर्मचारी हरु लाइ ब्यवास्था गरेका कारण दुइ लाख परिवार यतिबेला संकटमा परेको बताउदै सरकारको ध्यानार्षण गर्न आफुहरुले आन्दोलन गर्न लागेको बताएका छन ।

Facebook Comments Box