अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच वान-टु-वान वार्ता शुरु

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार २३ । पार्टीभित्र देखिएको विवाद अन्त्य गर्न सक्रिय रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच वान-टु-वान वार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको वार्तामा सहमतिका विभिन्न विकल्पमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सोमबार भएको वान-टु-वान वार्ता सकारात्मक बनेपछि आजको वार्तामा थप उपलब्धी हुने विश्वास नेताहरूले गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार वार्तामा कोही सहयोगी नेताको उपस्थिति छैन ।

दुई अध्यक्षबीचको वार्ता साढे ११ बजे शुरु भएको हो । भोलि बुधबार ११ बजे स्थायी कमिटीको बैठक आह्वान गरिएकाले पनि आजसम्म दुई अध्यक्षबीच केही न केही सैद्धान्तिक विषयमा सहमति बन्ने विश्वास नेकपाका नेताहरूको छ ।

Facebook Comments Box