ब्रेन ट्युमरको उपचार गराईरहेका राईलाई स्वयम्भु एथलेटिक्स क्लबद्धारा सहयोग प्रदान

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । सल्यान जिल्ला एथलेटिक्सका सहायक प्रशिक्षक रबिन कुमार राई हाल ब्रेन ट्युमर भएर काठमाण्डौंमा उपचार गराईरहेका छन । अहिले उनको भक्तपुर क्यान्सर सेन्टरमा उपचार भईरहेको छ । ब्रेन ट्युमर पिडित राईको उपचारमा निक्कै खर्च हुदै आएकोमा उनको उपचारका लागि स्वयम्भु एथलेटिक्स क्लबले १७५०० रुपैयाँ नगद सहयोग गरको छ ।
एथलेटिक्स प्रशिक्षक तथा स्वयम्भू एथलेटिक्स क्लबका अध्यक्ष रमेश सुनार लगायत क्लबका उपाध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव शैलेन्द्रमान श्रेष्ठ सदस्य सम्पन्न पौडेलले संयुक्त रुपमा भक्तपुर क्यान्सर सेन्टरमा पुगी सो रकम सहयोग गरेका हुन । राईलाई प्रदान गरेको सहयोग बारेमा जानकारी लिने क्रममा स्वयम्भू एथलेटिक्स क्लबका अध्यक्ष रमेश सुनारले भन्नुभयो । सहायक प्रशिक्षक राई अहिले निक्कै पिडित हुनुहुन्छ, हामी उहाँको घाउँमा केही रुपमा भएपनि मलम लगाउने अभियानमा छौ । अहिले हामीले हाम्रो स्वयम्भू एथलेटिक्स टेनिङ सेन्टर क्लबका सम्पुर्ण सदस्य र खेलाडीहरुबाट सङकलित रकम रु १७५०० उहाँलाई हस्तान्तरण गरियो । हामी थप सहयोग जुटाएर पुनः सहयोग गर्ने कोशिशमा छौ । राई एक कुशल प्रशिक्षक हुनुहुन्छ । हामी वहाँको उपचारका लागि सबैलाई आग्रह पनि गर्छौ । नेपाली खेल क्षेत्र र खेलाडीहरुलाई मायाँ गर्नु हुने सबैमा हामी प्रशिक्षक राईको उपचारका लागि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्छौ । अध्यक्ष सुनारले अगाडी भन्नुभयो । तपाईहरु जो कोहीले पनि राई जीको उपचारमा सहयोग गर्न चाहनु हुन्छ यो ९८४४९७९५०४ मा सम्पर्क गरी सहयोग गर्नु सक्नु हुनेछ । वहाँले उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गर्नु भएको छ ।
नेपालमा नेपाली खेलाडीहरुका लागि राज्य गर्नुपर्ने दायित्वपूर्ण रुपमा बहन गर्न सकेको देखिदैन । यसरी खेलाडीहरु बिमारी हुदाँ सरकारले निःशुल्क उपचारको ब्यवस्था गर्न सक्नु पर्ने थियो किनकी खेलाडीहरुहरुले देशलाई विश्व सामु थप परिचित गराउन सफल भएका छन र हुन्छन पनि । आशा गरौ उपचारमा रहेका रबिन कुमार राई चाडै स्वस्थ हुन सकुन र उनका लागि सबैबाट उपचारका लागि सहयोग प्राप्त होस ।

Facebook Comments Box