सुदूरपश्चिम सरकारका तीन मन्त्रालय र प्रदेशसभा भवनमा शंकास्पद बस्तु फेला पर्यो

खवर पाटी (खोज खबरको अभियान)

धनगढी । सुदूरपश्चिम सरकारका तीन मन्त्रालय र प्रदेशसभा भवनमा शंकास्पद बस्तु फेला परेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशसभा भवनामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिक विष्टले शक्तिशाली बम भएको आशंका गरिएको जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थल पुगेर शंकास्पद बस्नु डिस्पोजको तयारी गरेको छ । चार ठाउँमा शंकास्पद बस्तु फेला परेपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अप्नाएको छ ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना नेताको रिहाइको माग गर्दै आज सुदूरपश्चिम बन्दको घोषणा गरेको थियो । नागरिकखबर

Facebook Comments Box