देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना

खवर पाटी (खोज खबरको अभियान)

जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसमको पूर्वानुमान जारी गरेको छ ।

शनिवार देशभर मनसुनी वायुको प्रभाव परेकाले सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जनर चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै,  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

Facebook Comments Box